Menu

आजको मौसम

हिरासतमा आफूलाई झूटा बयान दिन दबाब दिएको इनमको आरोप

Author
News Feed |
November 28, 2026
Featured

काठमाडौं , मङ्सिर १२ –

प्रहरी हिरासतमा रहेका इनम सापकोटाले आफूलाई पक्राउपछि आँखामा कालोपट्टी बाँधेर अज्ञात स्थानमा लगिएको र विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा न्यायाधीशविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाएका छन्।

आफूलाई प्रहरीले तयार पारेको सामग्री पढ्न लगाएर त्यसको अडिओ रेकर्ड गरी काटछाँट गरेर सार्वजनिक गरेको सापकोटाको दाबी छ। आफ्नो र परिवारको जीउज्यानमाथि खतरा रहेको भन्दै उनले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरीसमेत दिएका छन्। उनकी पत्नी कविता पाण्डेले आयोगमा निवेदन दिएकी हुन्।

निवेदनमा प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधरसहित विभिन्न व्यक्ति र सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध बयान तथा प्रमाण दिन दबाब दिएको उल्लेख छ।

ती व्यक्तिविरुद्ध बयान दिए आफूलाई रिहा गर्ने, नत्र आफू र परिवारलाई समेत अप्ठ्यारोमा पार्ने धम्की दिएको सापकोटाको आरोप छ।

त्यस्तै, प्रहरीले नियन्त्रणमा लिएको मोबाइल फोन दुई दिनसम्म अन्य व्यक्तिलाई दिएर छेडखानी गरी झूटा प्रमाण सिर्जना गरेको पनि उनले दाबी गरेका छन्। आफूले भन्दै नभनेका विषयलाई अडिओमार्फत सार्वजनिक गरी आफ्नो चरित्रहत्या गरिएको उनको भनाइ छ।

अनुसन्धानका क्रममा सामग्री चुहाएर आफूविरुद्ध सञ्चारमाध्यममा दोषीसरह प्रचार गरिएको भन्दै सापकोटाले घटनाको निष्पक्ष छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगसँग माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3