Menu

आजको मौसम

बाराका प्रहरी निरीक्षक खड्का असोज महिनाको उत्कृष्ट प्रहरी घोषित

Author
News Feed |
November 06, 2026
Featured

बारा , कार्तिक २० –

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक प्रकाश खड्का २०८३ असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखामा दरबन्दी भई कार्यरत खड्कालाई ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ अनुसार उत्कृष्ट प्रहरी छनोट गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले उनलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

यस सम्मानले प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादन र जिम्मेवारीप्रतिको समर्पणलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3