Menu

आजको मौसम

रक्सौलमा ६ हजार ९७० ट्रामाडोल ट्याब्लेट बरामद, एक जना पक्राउ

Author
News Feed |
November 29, 2026
Featured

रक्सौल , मंसिर १३ –

भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोलको ठूलो परिमाण बरामद गरेको छ। प्रहरी र औषधि विभागको संयुक्त टोलीले ६ हजार ९७० थान ट्रामाडोल ट्याब्लेटसहित एक जना तस्करलाई पक्राउ गरेको हो।

तस्करीमा प्रयोग गरिएको ई–रिक्सा पनि प्रहरीले नियन्त्रणमा लिएको छ। रक्सौलका एसडीपीओ मनीष आनन्दका अनुसार गोप्य सूचनाका आधारमा थानाध्यक्ष रमेश कुमार महतोको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो।

टोलीमा औषधि निरीक्षक राकेश सिंह र प्रहरी उपनिरीक्षक विकास पासवानसमेत सहभागी थिए। प्रहरीले नहर रोड क्षेत्रमा घेराबन्दी गरी शंकास्पद ई–रिक्सा रोकेर जाँच गर्दा दुईवटा कार्टुनबाट ६ हजार ९७० थान ट्रामाडोल ट्याब्लेट फेला पारेको थियो।

घटनामा रतनपुर वडा नम्बर–१३ निवासी जितेन्द्र साहलाई पक्राउ गरिएको छ। पक्राउ परेका साहसँग प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उक्त लागूऔषध कहाँबाट ल्याइएको थियो र तस्करीमा अन्य को–को संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3