Menu

आजको मौसम

विवाहपञ्चमीको निम्तो दिन ६१ भारसहित ५२ जनाको टोली अयोध्या प्रस्थान

Author
News Feed |
November 28, 2026
Featured

जनकपुरधाम , मङ्सिर १२-

विवाहपञ्चमी महोत्सवमा भगवान् रामको जन्ती बनेर जनकपुरधाम आउन निमन्त्रणा दिन ६१ वटा भारसहित ५२ जनाको टोली अयोध्या प्रस्थान गरेको छ।

शनिबार विश्व हिन्दु परिषद् नेपाल, धनुषाको अगुवाइ तथा जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा टोली पहिलोपटक व्यावसायिक रूपमा सञ्चालनमा आएको सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएको हो। टोलीमा जनकपुरधामका नगरप्रमुख मनोजकुमार साह र परिषद्का धनुषा अध्यक्ष सन्तोष साहलगायत सहभागी छन्।

टोलीले अयोध्याका लागि मिठाई, फलफूल, मिथिलाको परम्परागत परिकार, कपडा, फूलका भाँडाकुँडालगायत विवाहमा आदानप्रदान गरिने सामग्री लिएर गएको छ।

अयोध्या पुगेर तिलकोत्सव अर्थात् छेका कार्यक्रम आयोजना गरी विवाहपञ्चमीमा जन्तीका रूपमा सहभागी हुन निमन्त्रणा दिने नगरप्रमुख साहले जानकारी दिएका छन्।

प्रत्येक वर्ष साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव यस वर्ष मंसिर २८ गते आयोजना हुँदैछ। मैथिली र हिन्दु परम्पराअनुसार जनकपुरधामबाट अयोध्या भार पठाएर जन्तीलाई निमन्त्रणा दिने परम्परा रहिआएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3