Menu

आजको मौसम

ममताको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको पति नरेशको स्वीकारोक्ति

Author
News Feed |
November 06, 2026
Featured

अमेरिका , कार्तिक २० –

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा अमेरिकामा मुद्दा खेपिरहेका उनका पति नरेश भट्टले पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन्। तर उनले ममताको हत्या आफूले नगरेको र पत्नीले आत्महत्या गरेको दाबी गरेका छन्।

सन् २०२४ को जुलाईमा भर्जिनियाबाट बेपत्ता भएकी ममताको शव अहिलेसम्म फेला परेको छैन। अदालतमा बयान दिने क्रममा नरेशले जुलाई २९ को राति सुत्न गएको र भोलिपल्ट बिहान पत्नीलाई बेडरुममा अचेत अवस्थामा फेला पारेको बताएका छन्।

उनका अनुसार ममताको शरीर नजिक बान्ता, रगत, चक्की तथा ‘सेल्फोस’ नामक विषादी रहेको थियो। उनले सीपीआर दिने प्रयास गरे पनि तत्काल प्रहरीलाई खबर नगरेको स्वीकार गरेका छन्।

शव काटेर फोहोरमा फालेको बयान

नरेशले ममताको शव घरको डस्टबिनमा अटाउन नसकेपछि इलेक्ट्रिक आरासहित विभिन्न सामग्री प्रयोग गरेर शरीरका भाग छुट्याउने प्रयास गरेको बताएका छन्। त्यसपछि शवका अवशेष फोहोरका झोलामा राखेर फल्स चर्च क्षेत्रमा फालेको उनको बयान छ।

शव व्यवस्थापनका लागि आवश्यक सामग्री खोज्न होम डिपो र वालमार्ट गएको, पञ्जा किनेको तथा केही चक्कु प्रयोग गरेको पनि उनले अदालतमा स्वीकार गरेका छन्। घटनापछि ममताको मोबाइल फोन नालीमा फालेको समेत बताएका छन्।

घरेलु हिंसाको आरोप अस्वीकार

अदालतमा अभियोजन पक्षले ममताको आँखामुनि चोट र शरीरमा रगत देखिएको पुरानो तस्बिर तथा नरेशसँगको सन्देश प्रस्तुत गरेको थियो। तर नरेशले आफूले पत्नीमाथि कहिल्यै हिंसा नगरेको दाबी गरेका छन्।

अभियोजन पक्षका वकिल म्याथ्यु स्वीटले नरेशको बयानमाथि कडा प्रश्न उठाउँदै शव टुक्राटुक्रा पारेर फोहोरमा फाल्ने कार्यप्रति जवाफ मागेका थिए। नरेशले भने शव लुकाएको स्वीकार गरे पनि हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

यस मुद्दामा नरेशमाथि हत्या, मृत शरीर लुकाएको र मृत शरीरको अपमान गरेको अभियोग लागेको छ। ममताको शव अझै फेला परेको छैन।

प्रतिरक्षा पक्षले आगामी सोमबार पुनः प्रश्न गर्ने र त्यसपछि आफ्ना प्रमाण तथा बहस प्रस्तुत गर्ने जनाएको छ। अब अदालतमा प्रस्तुत हुने प्रमाण र न्यायिक प्रक्रियाबाट घटनाको अन्तिम निष्कर्ष तय हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3