Menu

आजको मौसम

‘सबैलाई ठूलो पद चाहियो, वडाध्यक्ष बन्न कोही तयार छैनन्’ : रवि लामिछाने

Author
News Feed |
November 06, 2026
Featured

पर्सा , कार्तिक २० –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र तल्लो तहका पदमा उम्मेदवारी दिन नेताकार्यकर्ताले रुचि नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

चितवनमा आयोजित एक कार्यक्रममा उनले अधिकांश नेताकार्यकर्ताको चाहना एकैपटक मेयर, प्रदेशसभा सदस्य तथा ठूला पदमा पुग्ने रहेको बताए। वडाध्यक्ष बन्न कोही इच्छुक नभएको भन्दै उनले व्यङ्ग्यात्मक शैलीमा आफू नै राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार बन्नुपर्ने अवस्था आउन सक्ने टिप्पणी गरे।

लामिछानेले पार्टीभित्र पद र अवसरका लागि प्रतिस्पर्धा बढ्दै गएको उल्लेख गर्दै एउटा पदका लागि दुई जनालाई व्यवस्थापन गर्नसमेत कठिन हुने बताए। उनले नेताकार्यकर्तालाई त्याग र समर्पणको भावना व्यवहारमै देखाउन आग्रह गरे।

उनका अनुसार पार्टीले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ विधि अपनाएको छ, जसले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र विधिसम्मत बनाउनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3