Menu

आजको मौसम

सांसद अन्सारीको आरोपप्रति नेशनल मेडिकल कलेजको ध्यानाकर्षण

Author
News Feed |
October 03, 2026
Featured

वीरगंज , असोज १७ –

प्रतिनिधि सभामा सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जका सम्बन्धमा व्यक्त गरेका आरोपप्रति कलेज प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ।

कलेजका प्रशासन प्रमुख विश्वनाथ कन्ठले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेशनल मेडिकल कलेज सन् २००१ देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख छ। कलेज चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायको नियामकीय प्रक्रियाअन्तर्गत सञ्चालन हुँदै आएको कलेजको दाबी छ।

विज्ञप्तिमा सांसद अन्सारीले उठाएका आरोप सम्बन्धमा हालसम्म कुनै सम्बन्धित नियामक वा सरकारी निकायबाट आधिकारिक रूपमा पुष्टि भएको निष्कर्ष प्राप्त नभएको उल्लेख गरिएको छ। कलेजले भने तथ्यमा आधारित र निष्पक्ष परीक्षणका लागि आफू तयार रहेको जनाउँदै आवश्यक अभिलेख तथा विवरण सम्बन्धित निकायलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित सार्वजनिक विषयहरू प्रमाणित तथ्य, दस्तावेज तथा अधिकारप्राप्त निकायको परीक्षणमा आधारित हुनुपर्ने कलेजको भनाइ छ। अपुष्ट आरोपले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा भ्रम र अविश्वास सिर्जना गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ।

कलेजले आफ्नो संस्थागत इतिहास, चिकित्सा शिक्षाको गुणस्तर, स्वास्थ्य सेवा, विद्यार्थीको शैक्षिक हित तथा नियामकीय मापदण्डको पालनाप्रति प्रतिबद्ध रहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3