Menu

आजको मौसम

पर्सामा ठगी तथा संगठित अपराधका फरार दुई जना पक्राउ

Author
News Feed |
October 03, 2026
Featured

वीरगन्ज , असोज १७ –

ठगी तथा संगठित अपराध मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१६ का २९ वर्षीय वीर नारायण चौरसिया र २४ वर्षीय राज नारायण चौरसिया रहेका छन्। दुवैलाई वीरगंज–१६ स्थित इनर्वा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अदालतले उनीहरूलाई ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जनही १९ वर्ष कैद र कुल १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा खोजतलास तथा निगरानी गरी उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3