Menu

आजको मौसम

जितियामा नुहाउन गएकी दुई १४ वर्षीया बालिकाको डुबेर मृत्यु

Author
News Feed |
October 03, 2026
Featured

वीरगंज, १७ असोज ।  पोखरीमा डुबेर आज दुईजना १४ वर्षीया बालिकाको मृत्यु भएको बारा प्रहरीले जानकारी गराएको छ ।

बारा जिल्लाको देवताल गाउँपालिका–६ रौवाही बस्ने भोला पटेलको छोरी वर्ष १४ की निशा पटेल र सोही ठाउँ बस्ने राजेश पटेलको छोरी वर्ष १४ कि चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको अस्थायी प्रहरी पोष्ट बेनैली, बाराले जनाएको छ ।

असोज १७ गते सांझ ५ः३५ बजेको समयमा जिल्ला बारा, देवताल गाउँपालिका –६ जबकास्थित राजेन्द्र कुर्मीको माछा पोखरीमा जितिया पर्वको अवसरमा महिला तथा बालबालिकाहरू नुहाउने क्रममा दुईजना बालिकाहरू बेपता भएका थिए ।

अ.प्र.पोष्ट बेनैली बाराबाट प्र.स.नि. धर्मेन्द्र कुमार कुर्मीको टोली, आफन्त, स्थानीयहरूको सहयोगमा खोजतलाश गर्ने क्रममा सांझ ५ः५० बजे पोखरीको उत्तर तर्फको किनाराबाट २० फिट दक्षिण पोखरीमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेर जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्ष्Fक बिमल खटिवडाको कमाण्डमा सोको सहितको मुचुल्का टोलीले अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3