Menu

आजको मौसम

सुपौली इलाका प्रशासन कार्यालय प्रमुखविहीन, सेवाग्राही मर्कामा

Author
News Feed |
October 03, 2026
Featured

पर्सा , असोज १७ –

जीराभवानी गाउँपालिका–४ स्थित इलाका प्रशासन कार्यालय, सुपौलीका कार्यालय प्रमुख एक महिनादेखि अनुपस्थित हुँदा नागरिक प्रशासनिक सेवाबाट प्रभावित भएका छन्।

कार्यालय प्रमुख नहुँदा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, विभिन्न सिफारिस तथा निर्णय र स्वीकृति आवश्यक पर्ने काम रोकिएका छन्। ठोरी, पटेर्वासुगौलीलगायत ग्रामीण क्षेत्रबाट सेवा लिन पुगेका सेवाग्राही काम पूरा नगरी फर्किनुपर्ने अवस्था रहेको गुनासो गरेका छन्।

स्थानीय सेवाग्राही विशाल चौधरीका अनुसार नागरिकता बनाउन वा प्रतिलिपि लिन आउने सर्वसाधारण दैनिकजसो निराश भएर फर्किनुपर्ने अवस्था छ। विद्यार्थी, ज्येष्ठ नागरिक तथा वैदेशिक रोजगारीको तयारीमा रहेका युवालाई झनै समस्या भएको उनले बताए।

कार्यालयका अन्य कर्मचारी नियमित रूपमा उपस्थित रहे पनि प्रमुखको निर्णय वा स्वीकृति आवश्यक पर्ने काम अघि बढाउन नसकिएको एक कर्मचारीले बताए।

कार्यालय प्रमुख लामो समय अनुपस्थित हुँदा सेवा प्रवाह प्रभावित भए पनि सम्बन्धित निकायबाट प्रभावकारी पहल नभएको स्थानीयको गुनासो छ। उनीहरूले जिल्ला प्रशासन कार्यालय पर्सासहित सम्बन्धित निकायसँग तत्काल कार्यालय प्रमुखको व्यवस्था गरी रोकिएका सेवा नियमित गर्न माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3