Menu

आजको मौसम

शंकर मित्तलमाथि अग्रवाललाई फसाउन खोजेको आरोप

Author
News Feed |
October 03, 2026
Featured

पर्सा , १७ असोज –

झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा रहेका शंकर मित्तलविरुद्ध जिल्ला प्रशासन कार्यालय, बारामा नागरिकतासम्बन्धी उजुरी परेपछि अनुसन्धान भइरहेको बताइएको छ। मित्तलमाथि भारत र नेपाल दुवै देशको नागरिक रहेको आरोपसमेत लाग्दै आएको छ।

यसैबीच, मित्तल र वीरगन्जका व्यवसायी निरञ्जन अग्रवालबीच चेक लेनदेनलाई लिएर विवाद चर्किएको छ। अग्रवालले आफूले पाउनुपर्ने रकमबापत मित्तलले आफैं चेक दिएको दाबी गर्दै अहिले त्यही चेक चोरी वा दुरुपयोग भएको भन्दै प्रहरीमा उजुरी गरेर आफूलाई फसाउन खोजिएको आरोप लगाएका छन्।

अग्रवालका अनुसार मित्तलले आपसी सहमतिमा कारोबार मिलाउने भन्दै आफूलाई दिनुपर्ने रकम बराबरको चेक दिएका थिए। तर पछि जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिई चेक लिने पक्षलाई नै प्रतिवादी बनाउने प्रयास गरिएको उनको दाबी छ।

मित्तलले यसअघि पनि विभिन्न बिचौलियामार्फत आफूविरुद्ध मुद्दा तथा जालझेल गर्ने प्रयास गरेको अग्रवालको आरोप छ। पछिल्लो समय भने बाटोघाटोमा भेट हुँदा समेत सौहार्दपूर्ण रूपमा कुराकानी हुने गरेको र केही दिनअघि मात्रै आफूहरूबीच भेट भएको उनले बताएका छन्। उक्त भेटको भिडियोसमेत आफूसँग सुरक्षित रहेको अग्रवालको दाबी छ।

अग्रवालले आफू र मित्तलबीच कुनै व्यक्तिगत दुश्मनी नरहेको बताउँदै पछिल्लो घटनाबाट आफू आश्चर्यमा परेको बताएका छन्। उनले मित्तल बिचौलियाको उक्साहटमा आफूविरुद्ध लागेको आरोपसमेत लगाएका छन्।

यता, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले चेकसम्बन्धी उजुरी परेको र घटनाबारे छानबिन भइरहेको जानकारी दिएका छन्। चेक कुन प्रयोजन र कारणले लेनदेन भएको हो भन्ने विषयमा अनुसन्धान गरिने तथा दोषी देखिए आवश्यक कानुनी कारबाही हुने उनले बताएका छन्।

चेक लेनदेनसम्बन्धी विवादमा दुवै पक्षका दाबी फरक–फरक सार्वजनिक भएपछि घटनाको वास्तविकता अनुसन्धानबाट स्पष्ट हुने देखिएको छ। हालसम्म दुवै पक्षका आरोप तथा दाबी अनुसन्धानकै क्रममा रहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3