Menu

आजको मौसम

सिरहामा ११० किलो गाँजासहित तीन जना पक्राउ

Author
News Feed |
October 03, 2026
Featured

सिरहा , असोज १७ –

सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा शुक्रबार राति करिब १ः३५ बजे सशस्त्र प्रहरीको टोलीले औरही गाउँपालिका–१ दरैया क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा ६ बोरामा राखिएको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा औरही–२ देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय, ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव छन्। उनीहरूको साथबाट तीन थान मोबाइलसमेत बरामद भएको छ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ परेकालाई बरामद गाँजा र मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3