सर्लाही , असोज १८ –
सर्लाहीको बागमती नगरपालिका–४ स्थित बरम बाबा सामुदायिक वन नजिकै आइतबार बिहान जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।
स्थानीयले लगाएको परबल खेतमा भाले हात्ती मृत अवस्थामा भेटिएको हो। स्थानीयका अनुसार शनिबार राति बस्ती नजिक हात्ती आएको र कराएको आवाजसमेत सुनिएको थियो। बिहान खेतमा हात्ती मृत फेला परेको हो।
हात्तीको सुँढलगायत शरीरका केही भागमा चोटपटक देखिएको बताइएको छ। घटनाबारे जानकारी पाएपछि वन कार्यालयको टोली घटनास्थलतर्फ गएको छ। हात्तीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ।
साभार:
घण्टाघर टिभी