Menu

आजको मौसम

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

Author
News Feed |
September 19, 2026
Featured

वीरगंज , असोज ३ –

बारामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित गढीमाई मन्दिर नजिकबाट प्रहरीले पर्सा वीरगंज महानगरपालिका–३१ का २० वर्षीय दिपु राउत कुर्मीलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट कालो प्लास्टिकमा प्याक गरिएको करिब एक ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

त्यस्तै, जितपुरसिमरा–२ स्थित सिमरा चोकबाट प्रहरीले जितपुरसिमरा–१३ डुमरवानाका ३७ वर्षीय नितेश चौधरीलाई पक्राउ गरेको छ। मोटरसाइकल रोकी चेकजाँच गर्दा उनको साथबाट १६.९९ ग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीले बरामद लागुऔषधको स्रोत तथा सम्भावित कारोबारमा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3