Menu

आजको मौसम

स्वावलम्बन लघुवित्तद्वारा २०० सदस्यलाई ६०० फलफूलका बिरुवा वितरण

Author
crime news |
September 15, 2026
Featured

 ( ग्यासु मिया देवान ) 

बिरगंज / स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, बिरगंज शाखा कार्यालय माईस्थान पर्साले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना सदस्यहरूलाई फलफूलका बिरुवा वितरण गरेको छ।


संस्थाले मिति २०८३ साल भदौ २७ गते बाराको विश्रामपुर गाउँपालिका–१, छतवामा कार्यक्रम आयोजना गरी संस्थामा आबद्ध २०० जना सदस्यलाई आँप, लिची र कागतीका गरी ६०० वटा बिरुवा निशुल्क वितरण गरेको हो ।

सदस्यहरूको आयआर्जनमा वृद्धि गर्नुका साथै वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले फलफूलका बिरुवा वितरण गरिएको संस्थाले जनाएको छ ।


 

फलफूलका बिरुवा हुर्काएर भविष्यमा उत्पादन तथा आम्दानीको स्रोतका रूपमा विकास गर्न सकिने भएकाले कार्यक्रमले सदस्यहरूको आर्थिक सशक्तीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड बिरगंज माईस्थान पर्सा शाखाका कार्यालय प्रमुख श्याम कुमार रमौलीसहित शाखाका सम्पूर्ण कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा विश्रामपुर गाउँपालिका–१ का वडा अध्यक्ष सन्तोष पटेल लगायत स्थानीय भद्रभलाद्मी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।


कार्यक्रमले ग्रामीण क्षेत्रमा हरियाली प्रवर्द्धन गर्नुका साथै स्थानीय सदस्यहरूको आर्थिक गतिविधिलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको बिरगंज शाखा प्रमुख श्याम कुमार रमौलीले बताए ।  

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3