Menu

आजको मौसम

भोटेकोशी बाढी : मृतकको संख्या एक हजार ३ पुग्यो, झण्डै ४ हजार सम्पर्कविहीन

Author
News Feed |
September 01, 2026
Featured

पर्सा , भदौ १७ –

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या एक हजार ३ पुगेको छ। बाढी आएको एक सातापछि पनि ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार दिउँसो १ बजेसम्म बाढी प्रभावित विभिन्न ८ जिल्लाबाट एक हजार ३ जनाको शव फेला परेको हो।

सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा मात्रै ३२१ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव भेटिएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियानका क्रममा अहिलेसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ। तर ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणको तथ्यांक छ।

बेपत्ताको खोजी तथा प्रभावितको उद्धार र राहतका लागि सुरक्षाकर्मीको ठूलो टोली परिचालन गरिएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा २१ हजार ३१४ जना सुरक्षाकर्मी परिचालन भएका छन्।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अझै पनि खोजी तथा उद्धारसँगै राहत वितरणको काम जारी रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3