काठमाडौँ- हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ ।
हिमालयन रिकी सीईओ ३९ वर्षीया उपासना पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
बीमा ऐन २०७९ अनुसारको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो। पौडेल काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी थिइन् ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो ।
साभार:
घण्टाघर टिभी