Menu

आजको मौसम

बिरगंजमा छाला तथा यौन रोग उपचारमा डा.अतुलेश कुमार चौरसियाको चर्चा

Author
crime news |
August 23, 2026
Featured

 ( ग्यासु मिया देवान )

बिरगंज / एमडी ( स्किन एण्ड भि,डि, ) छाला तथा यौन रोग विशेषज्ञ एवं कस्मेटिक सर्जन वरिष्ठ चिकित्सक डा.अतुलेश कुमार चौरसिया बिरगंजमा उत्कृष्ट तथा अनुभवी चिकित्सकका रूपमा परिचित हुन थालेका छन् ।




छाला तथा यौन रोगसम्बन्धी विभिन्न समस्याको उपचारमा डा.अतुलेश कुमार  चौरसियाको कार्यकुशलता र सेवाभावको बिरामीहरूले प्रशंसा गर्न थालेका छन् ।


उपचारका लागि आउने बिरामीलाई आवश्यक जाँच तथा परामर्श प्रदान गर्दै छालासम्बन्धी समस्याको उपचारमा प्रभावकारी सेवा दिँदै आएको बिरामीहरूको भनाइ छ ।

बिरगंज–४ बिर्तास्थित पुरानो सिगरेट फ्याक्ट्री रोडमा रहेको क्योर अल फार्मेसी हस्पिटलमा डा. चौरसियासँग उपचार गराउन बिरामीहरूको नियमित भीड लाग्ने गरेको स्थानीयहरू बताउँछन् । 


नेपालका विभिन्न स्थानबाट मात्र नभई छिमेकी राष्ट्र भारतको बिहार राज्यबाट समेत छाला तथा यौन रोगसम्बन्धी समस्या लिएर बिरामीहरू उपचारका लागि आउने गरेको स्थानीयहरुले बताए ।

जटिल तथा विभिन्न प्रकारका छाला रोगको उपचारसँगै डा.अतुलेश कुमार चौरसियाले कस्मेटिक सर्जरीसम्बन्धी सेवा समेत प्रदान गर्दै आएका हुन ।


 

बिरामीसँग गर्ने व्यवहार, रोगको पहिचान तथा उपचारप्रतिको समर्पणका कारण उनी बिरामीहरूको विश्वास जित्न सफल हुँदै गएको स्थानीय तथा उपचारका लागि पुगेका बिरामीहरूको भनाइ छ ।


छाला रोगसम्बन्धी समस्यालाई बेवास्ता नगरी समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श तथा उपचार गराउनुपर्नेमा समेत डा. अतुलेश कुमार चौरसियाले जोड दिँदै आएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3