Menu

आजको मौसम

नवनिर्मित सामुदायिक धर्मशालाको उद्घाटन

Author
crime news |
August 27, 2026
Featured

बिरगंज । बिरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहबीच भव्य उद्घाटन गरिएको छ। धर्मशाला भवनको बिरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले विधिवत् उद्घाटन गर्नुभएको हो।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले धर्मशालाले स्थानीय समुदायका सामाजिक, धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरवासीको आवश्यकता र विकास निर्माणका कार्यलाई महानगरपालिकाले प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो।


कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मियाँ तेली, वडा सदस्य अब्दुल लतिफ अंसारी, सामुदायिक सेवा समितिका अध्यक्ष ग्यासुदिन ठकुराईलगायत स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।


कार्यक्रममा सहभागी वक्ताहरूले धर्मशाला निर्माण भएपछि वडावासीलाई विभिन्न सामाजिक, धार्मिक तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्न सहज हुने भन्दै खुसी व्यक्त गरेका थिए।


नवनिर्मित धर्मशालाले स्थानीय समुदायबीच सामाजिक एकता, सहकार्य र सामुदायिक गतिविधिलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3