Menu

आजको मौसम

रसुवा बाढीपीडितलाई एक महिनाको तलब सहयोग गर्ने असलम आलमको घोषणा

Author
News Feed |
August 29, 2026
Featured

वीरगंज , भदौ १३ –

रसुवाको भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि पर्सागढी नगरपालिकाका नगरसभा सदस्य असलम आलमले आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्।

बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै आलमले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले बेपत्ताको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन्।

विपद्को समयमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले आफ्नो एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेको आलमले बताए। साथै, उनले जनप्रतिनिधि, संघसंस्था तथा सहयोगी मनहरूलाई पनि राहत तथा उद्धार कार्यमा सक्दो सहयोग गर्न अपिल गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3