Menu

आजको मौसम

गोरखापत्रका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको निधन

Author
News Feed |
September 02, 2026
Featured

वीरगन्ज, १७ भदौः गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको आज निधन भएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–४ गहवामाई मन्दिर अगाडीको चौतारोमा उहाँ आज अचेत अवस्थामा भेटिनुभएको थियो । तनहुँको भानु नगरपालिका–१ भन्सारपुल घर भएका ५५ वर्षीय उपाध्यायलाई अचेत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउने बित्तिकै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उपाध्यायलाई उद्धार गरी उपचारका लागी नारायणी अस्पताल वीरगन्ज पु¥याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

“अचेत अवस्थामै उहाँलाई अस्पताल पु¥याएका थियौँ,” प्रवक्ता मल्लले भन्नुभयो, “चिकित्सकले उपाध्यायको निधन भइसकेको जानकारी गराए ।” उपाध्यायको शव नारायणी अस्पतालमै राखिएको र उहाँको परिवारका सदस्यहरुसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रवक्ता मल्लले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3