Menu

आजको मौसम

रसुवागढीका बेपत्ताको खोजी जारी, परिवारलाई नियमित सूचना दिन निर्देशन

Author
News Feed |
September 01, 2026
Featured

काठमाडौं , भदौ १७ –

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले रसुवागढी जलविद्युत् आयोजनाका सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारमा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको बताएका छन्।

सोमबार कर्मचारीका परिवारसँगको भेटमा मन्त्री श्रेष्ठले भौगोलिक जटिलता र प्रतिकूल मौसमका कारण चुनौती रहे पनि खोजी अभियान नरोकिएको बताए।

हवाई तथा स्थलमार्गबाट सुरक्षाकर्मी परिचालन गर्नुका साथै सुरुङ र विद्युत् गृहमा प्रविधि तथा विज्ञको सहयोगमा खोजी भइरहेको उनले जानकारी दिए।

मन्त्री श्रेष्ठले रसुवागढी हाइड्रोपावर कम्पनीलाई खोजी तथा उद्धारको प्रगतिको जानकारी पीडित परिवारलाई नियमित, वस्तुनिष्ठ र समयमै उपलब्ध गराउन निर्देशन दिए।

सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले बेपत्ता नागरिकको खोजी तथा उद्धार गर्नु सरकारको दायित्व भएको बताए। कम्पनीका अध्यक्ष राजन ढकालले हालसम्म भएका खोजी तथा उद्धार प्रयासबारे परिवारलाई जानकारी गराएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3