Menu

आजको मौसम

मोटरसाइकलबाट हाम फाल्दा घाइते युवकको मृत्यु

Author
News Feed |
September 21, 2026
Featured

बारा , असोज ५ –

जितपुर सिमरा उपमहानगरपालिका–८ स्थित आरएमसी कम्पनी नजिकै सर्प देखेर मोटरसाइकलबाट हाम फाल्दा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

असोज २ गते रमौलीबाट जितपुरतर्फ आउँदै गरेको मोटरसाइकलमा पछाडि सवार जितपुर सिमरा–८ का २४ वर्षीय राजु सहनीले अचानक बाटोमा सर्प देखेपछि अत्तालिएर हाम फालेका थिए। गम्भीर घाइते सहनीलाई उपचारका लागि न्यूरो अस्पताल काठमाडौं पठाइएको थियो।

अस्पतालमा उपचाररत सहनीलाई असोज ४ गते आइतबार दिउँसो १२ः५४ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3