Menu

आजको मौसम

चैनपुरमा असोज १ गते महाबिरी झन्डा मेलाको तयारी

Author
News Feed |
September 12, 2026
Featured

बारा । परवानीपुर गापा–४ चैनपुरमा आगामी असोज १ गते विश्वकर्मापूजाको दिन आयोजना हुंदै आएको महाबिरी झन्डा यस वर्ष पनि धुमधामका साथ आयोजना हुने भएको छ ।

मेला व्यवस्थापन समितिका अध्यक्ष पन्नालाल रामका अनुसार मेलामा करीब तीन लाखको खर्च भइरहेको र सो अवसरमा गौरको नाच, नेपाल–भारतका नामूद पहलवानहरुको कुश्ती र भारतको ठाकरा नाच पनि आउने आयोजकले जनाएको छ । बिहानदेखि राति १०ः३० बजेसम्म मेला आयोजना हुने उनले बताए र नाच दिन र रातमा हुने र कुस्ती दिउसो २ बजेपछि हुने उनले बताए ।

हरेक वर्ष विश्वकर्मापूजाको दिन लाग्दै आएको यो मेलामा सुखचैना, परवानीपुर, लिपनी, कोइरियाटोला, बहुअरी, बगही, गण्डक बहुअरी, ताजपुर लगायतका सर्वसाधारण, दर्शनार्थीहरु, श्रमिकहरुको भीडभाड हुने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3