Menu

आजको मौसम

राजेश हत्या प्रकरणमा १७ वर्षीय किशोर पक्राउ

Author
News Feed |
September 02, 2026
Featured

बारा , भदौ १७ –

भारतमा ११ वर्षीय बालकको शव फेला परेको घटनामा संलग्न रहेको आरोपमा बाराबाट १७ वर्षीय किशोर पक्राउ परेका छन्।

बिश्रामपुर गाउँपालिका–३ मुसहर्वाका राजेशकुमार साह भदौ ९ गते घरबाट हराएका थिए। उनको शव दुई दिनपछि भारतको बिहार, मोतिहारी जिल्ला, नुनयाडी पञ्चायत–१ स्थित सिंहा नदी किनारमा फेला परेको थियो।

बालककी आमाले भारत पुगेर शवको पहिचान गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा प्राप्त सिसिटिभी फुटेज र स्थानीयबाट संकलित सूचनाका आधारमा सोही ठाउँका १७ वर्षीय किशोरको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता डीएसपी मिनबहादुर घलेले बताए।

प्रहरीका अनुसार पक्राउ परेका किशोरले बालकलाई भारत लगेर हत्या गरेको आरोप छ। उनलाई जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3