Menu

आजको मौसम

आज हरितालिका तीज, शिव मन्दिरमा भक्तजनको भीड

Author
News Feed |
September 14, 2026
Featured

पर्सा , भदौ २९-

हिन्दू महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर मनाइँदैछ। भदौ शुक्ल तृतीयाका दिन व्रत बसेर भगवान् शिवको पूजा तथा उपासना गर्ने परम्परा छ। यसो गर्दा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।

हिजो दर खाएसँगै सुरु भएको यस वर्षको तीज पर्व भोलि ऋषि पञ्चमी मनाएपछि समापन हुनेछ। तीजका अवसरमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। यद्यपि भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिको प्रभावका कारण विगतका वर्षजस्तो तीजको उल्लास देखिएको छैन।

सरकारले तीजका अवसरमा महिलालाई बिदा दिएको छ। चिकित्सकहरूले भने व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्थालाई प्राथमिकता दिन सुझाव दिएका छन्। स्वास्थ्यले साथ नदिए निराहार व्रत नबस्न र आवश्यकताअनुसार पानी, फलफूल तथा जुस सेवन गर्न उनीहरूको सुझाव छ।

लामो समय निराहार बस्दा शरीरमा पानी र ऊर्जा कमी भएर बेहोस हुने जोखिम रहने चिकित्सकहरू बताउँछन्। धार्मिक मान्यताअनुसार पनि स्वास्थ्यअनुसार निराहार, जलाहार वा फलाहारमध्ये उपयुक्त विधिबाट व्रत बस्न सकिन्छ। स्वास्थ्य कमजोर भएकाले गहुँ वा मकैको रोटी तथा स्याउ, सुन्तला र केरालगायत फलफूल सेवन गरेर व्रत बस्ने चलन छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3