Menu

आजको मौसम

संविधान कागजमा होइन, काममा देखिनुपर्छ : प्रधानमन्त्री शाह

Author
News Feed |
September 19, 2026
Featured

पर्सा , असोज ३ –

प्रधानमन्त्री वालेन्द्र शाहले संविधानलाई व्यवहारमा कार्यान्वयन गर्दै सुशासन, विकास र सामाजिक न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान राम्रो भएर मात्र नहुने भन्दै त्यसको कार्यान्वयन गर्ने पक्ष इमानदार र उत्तरदायी हुनुपर्ने बताएका छन्।

उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति, योग्यताका आधारमा नियुक्ति तथा प्रशासनिक संयन्त्रमा राजनीतिक तटस्थता कायम गर्ने प्रयास भइरहेको बताए। संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमार्फत विकास अघि बढाउने सरकारको नीति रहेको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले एआई, डिजिटल प्रविधि, साइबर सुरक्षा र स्टार्टअप प्रवर्द्धनमार्फत ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने लक्ष्य रहेको पनि बताए।

रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखिने जानकारी दिए। संविधान दिवसको अवसरमा उनले सबै नेपालीलाई शुभकामना समेत दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3