Menu

आजको मौसम

वीरगंजमा रेडक्रसको ६४औँ स्थापना दिवस मनाइयो

Author
News Feed |
September 04, 2026
Featured

वीरगंज , भदौ १९ –

नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसका अवसरमा पर्सा शाखाले शुक्रबार वीरगंजस्थित शाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ।

शाखा सभापति बृजकिशोर पटेलको अध्यक्षतामा भएको कार्यक्रममा झण्डोत्तोलन, दीप प्रज्वलन तथा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाँको तस्बिरमा माल्यार्पण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले ड्युनाँको योगदानको स्मरण गर्दै विपद्, स्वास्थ्य संकट तथा मानवीय कठिनाइका समयमा रेडक्रसले पुर्‍याउँदै आएको सेवाको चर्चा गरे।

पर्सा शाखाले विपद् व्यवस्थापन, रक्तसञ्चार, स्वास्थ्य सेवा, उद्धार तथा राहतलगायतका क्षेत्रमा गर्दै आएको सेवाको प्रभावकारिता बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। कार्यक्रममा रेडक्रसकर्मी तथा पदाधिकारीहरूले आगामी दिनमा पनि मानवीय सेवामा सक्रिय रहने प्रतिबद्धता जनाएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3