Menu

आजको मौसम

वीरगंजमा १०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

Author
crime news |
August 30, 2026
Featured

 वीरगंज / पर्सा प्रहरीले १०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले आइतबार वीरगंज महानगरपालिका वडा न,१६ बाईपास रोडको पोखरी अगाडिको सडकखण्डबाट शंकास्पद रूपमा पैदल हिँडिरहेका तीन जनालाई रोकी चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने १०० ग्राम पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

बरामद लागूऔषधसहित भारत बिहार राज्य, पूर्णिया जिल्ला सदर थाना अन्तर्गतका १९ वर्षीय कृष्णा कुजुर, १९ वर्षीय आदित्य राज तिगा र १८ वर्षीय आशिष कुँजुरलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाहरूमाथि लागूऔषध खरिद–बिक्री तथा ओसारपसार सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जनाएका हुन ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3