Menu

आजको मौसम

सिमरामा असोज १० देखि दोस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता

Author
News Feed |
September 19, 2026
Featured

सिमरा , असोज ३ –

बाराको सिमरामा असोज १० गतेदेखि दोस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ। सिमरा भेट्रान क्लबको आयोजनामा असोज १० देखि १७ गतेसम्म सिमरा रंगशालामा रात्रीकालीन प्रतियोगिता सञ्चालन हुने भएको हो।

शनिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक हरि चौधरीले नेपाल र भारतका ८ टोलीले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएका छन्। प्रतियोगितामा एपीएफ, आर्मी, नेपाल पुलिस, फेयर फुटबल क्लब धरान, बसन्तपुर युनाइटेड चितवन, कुर्साङ गोल्ड्स दार्जिलिङ, झारखण्ड स्टेट स्पोर्ट प्रमोसन सोसाइटी र आयोजक सिमरा भेट्रान क्लब सहभागी हुनेछन्।

प्रतियोगिताको विजेताले ५ लाख ११ हजार १११ तथा उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ पाउनेछन्। उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।

प्रतियोगिताको अनुमानित लागत ५७ लाख रुपैयाँ रहेको छ। जीतपुरसिमरा उपमहानगरपालिका र २४ वटै वडा कार्यालय मुख्य सहयोगी रहेका छन्। नगर उपप्रमुख भोला प्रसाद अधिकारीले महिला सशक्तीकरण र स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेको बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3