Menu

आजको मौसम

वीपी उद्यानको रेल्वे क्षेत्रमा सरसफाइ, पार्क निर्माणको तयारी

Author
News Feed |
September 19, 2026
Featured

वीरगंज , असोज ३ –

वीरगंजको घण्टाघरस्थित वीपी उद्यानभित्र रहेको पुरानो रेल्वे क्षेत्रलाई व्यवस्थित गरी रेल्वे पार्कका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा शनिबार रेल्वे क्षेत्रमा सरसफाइ गरिएको छ। तीन महिनादेखि झाडी र फोहोरले अस्तव्यस्त बनेको क्षेत्र सफा गरी पार्क निर्माणको बाँकी काम अघि बढाउने तयारी गरिएको महानगरले जनाएको छ।

रेल्वे क्षेत्रलाई वीरगंजको ऐतिहासिक पहिचान झल्किने स्थलका रूपमा विकास गर्ने योजना महानगरले बनाएको हो। सिंह निलम्बनमा परेपछि रोकिएको सरसफाइ तथा व्यवस्थापनको काम उनको पुनर्बहालीपछि पुनः सुरु गरिएको हो।

वीपी उद्यानलाई हरियाली, मनोरञ्जन र ऐतिहासिक महत्वसँग जोडिएको व्यवस्थित सार्वजनिक पार्कका रूपमा विकास गर्ने महानगरको योजना छ। सरसफाइ कार्यक्रममा प्रमुख सिंहसहित प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा र सरसफाइ तथा हरियाली संयोजक जयप्रकाश खेतान सहभागी भएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3