Menu

आजको मौसम

महिलालाई बेचेको आरोपमा ११ वर्षपछि अंसारी पक्राउ

Author
News Feed |
September 04, 2026
Featured

वीरगञ्ज । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा ११ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ का ७५ वर्षीय अयुब मियाँ अन्सारी रहेका छन्। उनलाई प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–४ स्थितबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार नामथर तथा वतन परिवर्तित ३४ वर्षीया ‘श्रीपुर (क)’ लाई वैदेशिक रोजगारीको प्रलोभन देखाई भारतको दिल्ली हुँदै विदेश पठाउने क्रममा मानव बेचबिखन गरिएको घटनामा अन्सारीसमेत संलग्न रहेको आरोप छ। घटनामा संलग्न व्यक्तिहरूले पीडितबाट ९० हजार रुपैयाँ लिएको प्रहरीको भनाइ छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्सामा मानव बेचबिखनसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको अवस्थामा घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले अन्सारी पक्राउ परेको पुष्टि गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3