Menu

आजको मौसम

पर्सामा आफूलाई ‘क्राइम ब्रान्च’को प्रहरी बताउने सुमन पक्राउ

Author
News Feed |
September 21, 2026
Featured

वीरगंज , असोज ५ –

पर्साको पोखरिया नगरपालिका–१ का सुमन पासवानले आफूलाई ‘क्राइम ब्रान्च’को प्रहरी बताउँदै व्यापारीसँग रकम मागेको आरोप लागेको छ।

स्थानीयका अनुसार शनिबार कालिकामाई गाउँपालिका–३ नजिकै कुखुरा बोकेर साइकलमा आउँदै गरेका दुई व्यापारीलाई रोकेर पासवानले कागजात मागेका थिए। बिल देखाउँदा समेत च्यातेर रकम मागेको र रकम नदिएपछि प्रहरीले कुखुरा नियन्त्रणमा लिएको आरोप छ।

घटनाबारे जानकारी पाएपछि पोखरियाका कुखुरा व्यवसायीले पासवानलाई पहिचान गरी नियन्त्रणमा लिएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उनलाई कार्यालयमा लगेको थियो।

पासवानले यसअघि पनि विभिन्न नाकामा आफूलाई ‘क्राइम ब्रान्च’को प्रहरी बताउँदै रकम माग्ने गरेको स्थानीय व्यापारीको आरोप छ। तर, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालले सोधपुछका क्रममा पासवानले रकम नउठाएको बताएपछि छाडिएको बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3