Menu

आजको मौसम

उद्धारमा ढिलाइ नगरी राज्यका सबै संयन्त्र परिचालन गर्न थापाको आग्रह

Author
News Feed |
September 06, 2026
Featured

पर्सा , भदौ २१ –

विपद्मा परेका नागरिकको उद्धारमा भइरहेको ढिलाइप्रति जनआक्रोश
बढिरहेको भन्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्यका सम्पूर्ण संयन्त्र तत्काल परिचालन गर्न सरकारलाई आग्रह गरेका छन् ।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले अहिले राजनीतिक आरोप–प्रत्यारोपमा नअल्झी नागरिकको ज्यान बचाउने कार्यलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

उनले आगामी केही दिन सरकार र सबै राजनीतिक दल उद्धारमा मात्रै केन्द्रित हुनुपर्ने बताए । प्रभावित परिवार र फिल्डमा खटिएका प्राविधिकले समयमा राज्यको सहयोग नपाएको गुनासो गरिरहेको भन्दै उनले तत्काल राज्यको उपस्थिति देखिनुपर्नेमा जोड दिए ।

थापाले उद्धारको तत्कालीन चरण सकिएपछि घटनाका कमजोरीबारे गम्भीर समीक्षा र बहस गर्न सकिने भन्दै अहिले प्रभावित नागरिकको उद्धार, द्रुत राहत र आवश्यक सहयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3