Menu

आजको मौसम

१० दिनपछि सुरुङबाट भाइको उद्धार, दिदीले भनिन्– ‘खुसीको सीमा नै छैन’

Author
News Feed |
September 04, 2026
Featured

पर्सा , भदौ १९ –

भदौ १० गतेको बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका ललितपुरका कविर महर्जनको १० दिनपछि शुक्रबार जीवितै उद्धार भएको छ।

नेपाली सेना र प्राविधिकसहितको टोलीले उनको सकुशल उद्धार गरी काठमाडौं ल्याएको हो। हाल उनको अस्पतालमा उपचार भइरहेको छ।

कविरकी दिदी विद्या डंगोल भाइलाई भेट्न सैनिक अस्पताल छाउनी पुगेकी छन्। उनले भाइको जीवित उद्धारपछि आफूहरू अत्यन्त खुसी भएको बताइन्।

‘१० दिनसम्म त्यस्तो अवस्थामा रहेको मेरो भाइको आशा नै मारिसकेका थियौं। यस्तो चमत्कार हुन्छ भन्ने सोचेका थिएनौं,’ उनले भनिन्, ‘नराम्रो भएन, राम्रो भयो भाइलाई। खुसीको सीमा नै छैन।’

भाइको सकुशल उद्धारका लागि शुक्रबार बिहान पूजापाठ गरी प्रार्थना गरेको र त्यसपछि मोबाइलमा उद्धारको खबर पाएको उनले सुनाइन्। उनले सुरुङमा फसेका अन्य व्यक्तिको पनि सकुशल उद्धारको कामना गरेकी छन्।

कविरसँगै शुक्रबार सुरुङबाट अर्का एक जनाको पनि जीवितै उद्धार गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3