बारा , भदौ १७ –
बाराको महागढीमाई नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि ४१ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाका अनुसार कर्मचारी, जनप्रतिनिधि तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
नगर प्रमुख उपेन्द्रप्रसाद यादवले बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको बताए।
उनले विपद्को समयमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन देशभरबाट सहयोग आवश्यक रहेको भन्दै महागढीमाई नगरपालिकाले पनि आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।
साभार:
घण्टाघर टिभी