Menu

आजको मौसम

बाढीमा बेपत्ता पत्रकार टेकराज थामीको प्रतीकात्मक अन्त्येष्टि

Author
News Feed |
September 19, 2026
Featured

पर्सा , असोज ३ –

भोटेकोशी बाढीपछि भदौ १० गतेदेखि बेपत्ता रहेका पत्रकार टेकराज थामीको शनिबार पशुपति आर्यघाटमा प्रतीकात्मक अन्त्येष्टि गरिएको छ।

नयाँ पत्रिका दैनिकमा कार्यरत ४१ वर्षीय थामीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो। प्रतीकात्मक शवमा उनका पिता डिलबहादुर थामीले दागबत्ती दिएका छन् भने नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी छन्।

दुई दशकभन्दा लामो समय पत्रकारितामा सक्रिय थामीले एचबीसी एफएम, सगरमाथा टेलिभिजन, एबीसी टेलिभिजन हुँदै नयाँ पत्रिकामा काम गरेका थिए। उनी गोरखापत्रको थामी भाषा पृष्ठका संयोजक तथा पत्रकार महासंघ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थिए।

थामी भदौ ९ गते रसुवाको धुन्चे हुँदै रसुवागढी पुगेपछि भोटेकोशी बाढीका क्रममा सम्पर्कविहीन भएका थिए। अन्त्येष्टिमा पत्रकार, राजनीतिक, सामाजिक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3