Menu

आजको मौसम

बाढी प्रभावितका लागि राहतदेखि सार्वजनिक बिदासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

Author
News Feed |
September 03, 2026
Featured

पर्सा , भदौ – १८

सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनासहित विभिन्न विषयमा सात महत्वपूर्ण निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्। बैठकले एसियाली विकास बैंकबाट बाढी प्रभावितको जीवनरक्षा तथा आपत्कालीन उद्धार र राहतका लागि प्राप्त हुने ५० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

बाढी प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन राहत, कर तथा महसुलमा सहुलियत उपलब्ध गराउने निर्णय पनि भएको छ। यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिकटन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिइएको छ।

खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने तथा घाइते भए निःशुल्क उपचार गर्ने निर्णय भएको छ। उद्धारका क्रममा मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिइनेछ।

मन्त्रिपरिषद्ले भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ। भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने र सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ।

त्यस्तै, नेपाल प्रशासन सेवा समूहिकरणतर्फका सचिव नारायणप्रसाद भट्टलाई बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मुख्यसचिवमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3