Menu

आजको मौसम

कांग्रेसको पालिका अधिवेशन आज

Author
News Feed |
September 23, 2026
Featured

पर्सा , असोज ७ –

नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार असोज ७ गते गाउँ तथा नगरपालिकाको अधिवेशन गर्ने कार्यक्रम छ।

अधिवेशनबाट प्रत्येक पालिकामा सभापति, एक महिलासहित दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच पदाधिकारी निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यबाट मनोनयन गर्ने प्रावधान छ।

यसअघि कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गरेको थियो। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्थानीय अवस्था हेरी अधिवेशन गर्ने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3