Menu

आजको मौसम

पर्सागढीको आमोदेवी मन्दिरमा श्रीमद्भागवत सप्ताह महायज्ञ जारी

Author
News Feed |
September 14, 2026
Featured

वीरगंज , भदौ २९ –

पर्साको पर्सागढी नगरपालिका–३ झाब्राहास्थित आमोदेवी मन्दिर परिसरमा श्रीमद्भागवत सप्ताह महायज्ञ सञ्चालन भइरहेको छ। भदौ २७ गतेदेखि सुरु भएको महायज्ञ असोज २ गतेसम्म चल्ने आयोजक समितिले जनाएको छ।

महायज्ञको उद्घाटन नेपाली कांग्रेसका नेता एवं नगरप्रमुखका प्रत्यासी सुरज मनान्धरले गरेका थिए। महायज्ञमा दैनिक धार्मिक अनुष्ठानसँगै श्रीमद्भागवत कथा वाचन तथा विभिन्न धार्मिक झाँकी प्रस्तुत भइरहेका छन्।

आयोजक समितिका सचिव विक्रम कार्कीका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म हवन कार्यक्रम सञ्चालन भइरहेको छ। त्यसपछि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म श्रीमद्भागवत कथा वाचन र साँझ ७ बजेदेखि राति १० बजेसम्म धार्मिक झाँकी प्रस्तुत भइरहेको छ।

सर्लाहीको भक्तिमाह समूहका युवा पण्डित कपिलदेव चालिसेको समूहले महायज्ञमा कथा वाचन गरिरहेको छ। कथा वाचन तथा झाँकी प्रस्तुतिका लागि १५ जना पण्डित तथा कलाकारको सहभागिता रहेको आयोजकले जनाएको छ।

महायज्ञमा बिहानदेखि नै धार्मिक अनुष्ठानमा सहभागी हुने भक्तजनको उपस्थिति रहने गरेको छ। विशेषगरी तीजको अवसरमा सोमबार आमोदेवी मन्दिर परिसरमा भक्तजनको उल्लेख्य भीड लागेको आयोजकले बताएका छन्।

महायज्ञ अवधिभर कथा श्रवण, हवन तथा धार्मिक झाँकीमार्फत भक्तजनलाई आध्यात्मिक वातावरणमा सहभागी गराउने उद्देश्य रहेको आयोजक समितिले जनाएको छ। असोज २ गते विभिन्न धार्मिक कार्यक्रमसहित महायज्ञ समापन गरिनेछ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3