Menu

आजको मौसम

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, दुई स्थानमा १०० पिन्ट संकलन

Author
News Feed |
September 19, 2026
Featured

वीरगंज , असोज ३ –

तेरापन्थ युवक परिषद् वीरगंजले सञ्चालन गरेको साप्ताहिक बृहत् रक्तदान अभियानअन्तर्गत शनिबार दुई स्थानमा आयोजित कार्यक्रममा १०० जनाले रक्तदान गरेका छन्।

जैन भवन वीरगञ्जमा भएको कार्यक्रममा ३ महिलासहित ७५ जनाले तथा वीरगञ्ज–८ स्थित कावेरी स्कुलमा २५ जनाले रक्तदान गरेका हुन्। कावेरी स्कुलमा लायन्स क्लब अफ वीरगञ्ज संस्कृती गोल्ड र लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीको सहकार्य रहेको थियो।

परिषद्का अध्यक्ष सुनिल दुगडको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, समाजसेवी राजकुमार बैद्यलगायतको सहभागिता थियो।

परिषद्ले शुक्रबार ब्योधा अस्पतालमा रक्तदान गर्दै अभियान सुरु गरेको हो। आगामी दिनमा पनि विभिन्न कलकारखाना, अस्पताल, क्लिनिक, विद्यालय तथा संघसंस्थामा रक्तदान कार्यक्रम सञ्चालन गरी वीरगञ्ज रक्तसञ्चार केन्द्रमा देखिएको रगत अभाव कम गर्ने लक्ष्य राखिएको परिषद्ले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3