Menu

आजको मौसम

बेत्रावतीमा एउटै घरभित्र २२ शव फेला

Author
News Feed |
September 01, 2026
Featured

नुवाकोट , भदौ १७ –

रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला परेको छ।

बाढी आएको छैटौँ दिन सोमबार खोजी तथा उद्धारका क्रममा सुरक्षाकर्मीले लेदोले पुरिएको घरभित्रबाट २२ शव फेला पारेका हुन्। सोमबार ६ वटा शव निकालिएको छ भने बाँकी १६ शव मंगलबार निकालिने जनाइएको छ।

लामो समय लेदोमा पुरिएका कारण शव पहिचान गर्न कठिन भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले घटनाको पुष्टि गर्दै बाँकी शव निकाल्ने काम मंगलबार बिहान पुनः सुरु गरिने जानकारी दिए।

स्थानीयले भने उद्धारमा ढिलाइ भएको भन्दै गुनासो गरेका छन्। बाढीले बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3