Menu

आजको मौसम

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि १ लाख ७० हजार यात्रु प्रभावित

Author
News Feed |
September 07, 2026
Featured

पर्सा , भदौ २२ –

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आठवटा विमानस्थलमा करिब १ लाख ७० हजार यात्रु प्रभावित भएका छन् ।

ज्वालामुखीको खरानीका कारण ती विमानस्थलबाट हुने उडान अस्थायी रूपमा रोकिएका छन् । इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार १ हजार ५५८ वटा उडान ढिला भएका छन् ।

आइतबार बिहान जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकिएको थियो । विमानस्थलनजिकैको आकाशमा अनाक क्राकाटोआ ज्वालामुखीको खरानी भेटिएपछि उडान स्थगित गरिएको हो ।

अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोट शुक्रबार रातिदेखि सुरु भएको थियो । आइतबार बिहान थप दुई विस्फोट भएका थिए । उडान अवरुद्ध हुँदा सिंगापुर, दोहा, सिड्नी र क्वालालम्पुरलगायत गन्तव्यका यात्रु प्रभावित भएका छन् ।

सम्बन्धित विमानस्थलहरू सोमबार बिहान ९ बजेसम्म बन्द रहने जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3