वीरगंज , भदौ १८ –
नेकपा एमाले वीरगंज महानगर कमिटीको संयोजकमा सुन्दर राउत कुर्मी नियुक्त भएका छन्।
एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माले बुधबार कुर्मीलाई महानगर कमिटीको संयोजकमा नियुक्त गरेका हुन्।
भदौ २ गते बसेको एमाले पर्सा जिल्ला कमिटीको बैठकको निर्णयअनुसार रिक्त रहेको महानगर कमिटीको अध्यक्ष र उपाध्यक्ष पदमा पदपूर्ति गर्नुपर्ने भएकाले कुर्मीलाई संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष शर्माले बताए।
साभार:
घण्टाघर टिभी