वीरगंज, १६ भदौं । ई– रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर बारा जिल्लामा एक जनाको मृत्यु भएको छ।
विश्रामपुर गाउँपालिका वडा नम्बर २ कान्तिपुर बरैनियामा ५० वर्षीय शर्मा पटेल मंगलवार घरमा ई–रिक्सा चार्ज गरिरहेका बेला करेन्ट लागेर मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पटेलको शव कलैयास्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साभार:
घण्टाघर टिभी