Menu

आजको मौसम

धितोपत्र बजारमा नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

Author
News Feed |
September 22, 2026
Featured

काठमाडौँ, ६ असोज : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ०६ अङ्कले बढेर दुई हजार ६५४ दशमलव २८ मा पुगेको छ । ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर ४७३ दशमलव ७९ मा पुगेको छ ।

फ्लोट सूचक शून्य दशमलव ५३ अङ्कले बढेर १८२ दशमलव ९९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६८ अङ्कले बढेर १६० मा पुगेको छ ।

आज विभिन्न कम्पनीका दुई करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर रु सात अर्ब पाँच करोड तीन लाख ९८ हजार ६२४ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र उपसमूहमध्ये सात उपसमूह बढ्यो भने छ उपसमूह घट्यो । एक सय ३८ कम्पनीको सेयर बढ्यो भने १३० कम्पनीको सेयर घट्यो । त्यसैगरी ११ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार मिड सोलु हाइड्रोपावर, फष्ट माइक्रो फाइनान्स लघुवित्त र मैलुङ खोला जलविद्युत् लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी स्नो रिभर्स, नारायणी डेभलपमेन्ट बैंक र बोटलर्स नेपाल (बालाजु) लगायतका लगानीकर्ताले गुमाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3