Menu

आजको मौसम

एआइजी शाहद्वारा जिप्रका पर्साको निरीक्षण

Author
News Feed |
September 22, 2026
Featured

पर्सा  , असोज ६ –

नेपाल प्रहरीको सेवा प्रभावकारिता, संगठनात्मक सुधार तथा प्रहरी कार्यसम्पादनको मूल्याङ्कन गर्ने उद्देश्यले सञ्चालन गरिएको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन ‘पुलिस बेटन –२०८३’ अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण सम्पन्न भएको छ।

असोज ५ गते अन्तरप्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एवं नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धि विक्रम शाहको नेतृत्वमा आएको मूल्याङ्कन टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण तथा अवलोकन गरेको हो।

निरीक्षण टोलीमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्य, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीलगायतका प्रहरी अधिकारी सहभागी थिए।

निरीक्षणका क्रममा टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालयीय प्रस्तुतिसहित विभिन्न शाखाले गर्दै आएका कामको अवस्था र कार्यसम्पादनबारे जानकारी लिएको थियो। टोलीले कार्यालयका अभिलेख व्यवस्थापन, जनशक्ति परिचालन तथा व्यवस्थापन, भौतिक पूर्वाधार, अपराध अनुसन्धान र अपराध विश्लेषण, प्रशासनिक गतिविधि, सुरक्षा व्यवस्था तथा प्रहरी कार्य र हातहतियारको अवस्थालगायतका विषयमा विस्तृत अवलोकन गरेको थियो।

यस्तै, जिल्लामा शान्ति सुरक्षा कायम गर्न पर्सा प्रहरीले अपनाएका नयाँ अभ्यास, नवप्रवर्तनात्मक कार्य तथा नागरिकलाई प्रदान गरिने प्रहरी सेवामा गरिएका सुधारका प्रयासबारे पनि मूल्याङ्कन टोलीले जानकारी लिएको थियो।

कार्यदक्षता मूल्याङ्कनका क्रममा कार्यालयको दैनिक सेवा प्रवाह, प्रहरी कर्मचारीको कार्यसम्पादन, उपलब्ध स्रोतसाधनको उपयोग तथा जिम्मेवारीअनुसार भएका कामको अवस्थालगायतका विषयलाई समेत टोलीले अवलोकन गरेको थियो। मूल्याङ्कनको उद्देश्य प्रहरी कार्यालयहरूको कार्यसम्पादनमा रहेका सबल पक्ष पहिचान गर्नुका साथै सुधार आवश्यक रहेका क्षेत्रमा आवश्यक पृष्ठपोषण उपलब्ध गराउनु रहेको बताइएको छ।

निरीक्षणपछि आयोजित कार्यक्रममा एआईजी सिद्धि विक्रम शाहले जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी कर्मचारीलाई कार्यसम्पादन तथा प्रहरी सेवासम्बन्धी आवश्यक निर्देशन र मार्गदर्शन दिएका थिए।

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन कार्यक्रमले प्रहरी संगठनको कामकारबाहीलाई थप व्यवस्थित, प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नियमित मूल्याङ्कनबाट प्रहरी कार्यालयको कार्यसम्पादनमा भएका असल अभ्यास पहिचान गर्न तथा देखिएका कमी–कमजोरी सुधारका लागि आवश्यक पृष्ठपोषण प्राप्त हुने प्रहरी संगठनले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3