वीरगंज , असोज ५ –
नेपाल पत्रकार महासंघ पर्सा शाखामा गरिएको तालाबन्दी ३ बुँदे सहमतिपछि खुलेको छ।
महासंघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार अनुप तिवारीको संयोजकत्वमा रहेको सदस्यता शुद्धीकरण संघर्ष समिति र शाखाबीच असोज ५ गते भएको सहमतिपछि तालाबन्दी खोलिएको हो।
सहमतिअनुसार सदस्यता शुद्धीकरण तथा अभिलेखीकरणका लागि जिल्ला कार्यसमितिले एक महिनाभित्र कार्यदल गठन गर्ने, आवश्यक निर्णय पुस्तिकालगायत कागजात तत्कालीन सचिवले कार्यसमितिलाई उपलब्ध गराउने र सहमतिसँगै तालाबन्दी खोल्ने निर्णय भएको छ।
सहमति पत्रमा संघर्ष समितिका संयोजक अनुप तिवारी र शाखा अध्यक्ष ओमप्रकाश खनालले हस्ताक्षर गरेका छन्।
साभार:
घण्टाघर टिभी