वीरगंज । मानव सेवा आश्रमको नवनिर्मित भवनको समुदघाटन तथा हस्तान्तरण कार्यक्रम बुधवार सम्पन्न भएको छ।
लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनको १ करोड ४० लाख रुपियाँँ आर्थिक सहयोगमा वीरगंजको लक्ष्मणवा–नौतनमा निर्माण गरिएको उक्त भवनको बुधवार कार्यक्रमबीच उदघाटन तथा हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब अफ वीरगंज मिलेनियम र लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन सञ्जय खेतानले नवनिर्मित भवनको उदघाटन गरेका थिए ।
लायन्स क्लब अफ वीरगंज मिलेनियमका अध्यक्ष लायन वीरेन्द्र साह र लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डका अध्यक्ष लायन खुश्बु अग्रवालका अध्यक्ष्Fतामा भएको कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापा, डिस्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डेय, मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, कार्यक्रम संयोजक लायन रमेश कुमार अग्रवाल, लायन डी.एन. अग्रवाल, लायन राजकुमार सिन्धी, लायन डा. आर.पी. खेतान, क्याबिनेट सचिव लायन बासु तिमिल्सिना, क्याबिनेट कोषाध्यक्ष लायन रामेश्वर गुप्ता, लायन गणेश लाठ, लायन प्रकाश थारू, एरिया चिफ लायन सुनील गुप्ता तथा लायन्स क्लब अफ रक्सौलका बिमल सराफलगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण मानव सेवा आश्रमका देवेश मानवले गरेका थिए ।
भवन हस्तान्तरणसँगै मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको आवास, संरक्षण तथा सेवा व्यवस्थापनमा थप सहजता हुने वक्ताहरुले बताए ।
नवनिर्मित भवनले आश्रममा रहेका असहाय तथा संरक्षणको आवश्यकता भएका व्यक्तिहरूलाई व्यवस्थित आवास तथा सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने आयोजकले जनाएको छ ।