Menu

आजको मौसम

तस्करी संरक्षण गरेको आरोपमा प्रहरी जवानमाथि छानबिनको माग

Author
News Feed |
September 02, 2026
Featured

वीरगञ्ज । पर्साको सीमा क्षेत्रस्थित जगरनाथपुर प्रहरी चौकी (जानकीटोला) मा दरबन्दी रहेका प्रहरी जवान सूरज दास लामो समयदेखि वडा प्रहरी कार्यालय श्रीपुरमा ‘घुमुवा’का रूपमा कार्यरत रहेको र आफ्नो जिम्मेवारीको दुरुपयोग गरेको स्थानीय स्रोतको आरोप छ।

स्थानीय स्रोतका अनुसार दासले सीमा क्षेत्रमा सक्रिय तस्करसँग मिलेमतो गरी उनीहरूका गतिविधिलाई संरक्षण गर्ने र त्यसबापत नियमित रूपमा रकम असुल्ने गरेको आरोप छ। वडा प्रहरी कार्यालय श्रीपुरमा हाल कार्यरत प्रहरी निरीक्षक नवीन थापा मगरको कार्यकालमा मात्रै नभई यसअघि प्रहरी निरीक्षक श्यामकुमार बस्नेत कार्यालय प्रमुख रहेका बेलादेखि नै दास सोही भूमिकामा कार्यरत रहेको बताइएको छ।

सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण गर्नुको सट्टा तस्करबाट रकम उठाएर उनीहरूको गतिविधिलाई संरक्षण गरेको आरोप स्थानीयले लगाएका छन्। यस विषयमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षकले समेत उनलाई संरक्षण गरेको आरोप स्थानीय स्रोतको छ।

प्रहरी संगठनभित्रै यस्ता गतिविधि भएको आरोप सार्वजनिक भएपछि प्रहरी प्रशासनको विश्वसनीयता र छविमाथि प्रश्न उठेको स्थानीयको भनाइ छ। कानुन कार्यान्वयनको जिम्मेवारीमा रहेका सुरक्षाकर्मीमाथि नै अवैध आर्थिक गतिविधिमा संलग्न भएको आरोप लाग्नु गम्भीर विषय भएको उनीहरू बताउँछन्।

यसैबीच, रौतहट स्थायी घर भएका प्रहरी जवान दासले छोटो समयमै कलैया उपमहानगरपालिका–४ मा नयाँ घर खरिद गरेको विषयले समेत उनको आम्दानी र सम्पत्तिको स्रोतबारे प्रश्न उठाएको छ। सीमित सरकारी तलबमा कार्यरत प्रहरी कर्मचारीले कसरी उक्त सम्पत्ति जोड्न सके भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने स्थानीयको माग छ।

स्थानीयले दासको सम्पत्ति, बैंकिङ कारोबार, आम्दानीको स्रोत तथा सीमा क्षेत्रमा सक्रिय तस्करसँगको सम्भावित सम्बन्धबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरी प्रधान कार्यालयबाट निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।

यस विषयमा प्रतिक्रिया लिन वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगरलाई सम्पर्क गर्दा फोन वरिष्ठ प्रहरी नायब निरीक्षकले उठाएका थिए। उनले आफू नयाँ भएकाले यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3